विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, आजै पदबहाली गर्ने तयारी

लोकपथ
98
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर २०७७ साल भदौँमा प्राधिकरणबाट बिदा भएका उनी दोस्रो कार्यकालका रुपमा प्राधिकरण प्रवेश गरेका हुन् ।

उनको पदबहाली आजै गरिने तयारी गरिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?