परीक्षा सञ्चालनबारे सरकारलाई गगन थापाको यस्तो सुझाव

लोकपथ
962
Shares
sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf g]tf uug yfkf ;~rf/sdL{x?;Fu s’/f ub}{ . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मापदण्ड पालना गरेर वा वैकल्पिक माध्यमबाट परीक्षाहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कक्षा १२ को परीक्षा स्थगित भएपनि अन्य तहको परीक्षा सञ्चालन गरिएकोप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेका थापाले त्यसको कारण र तर्कबारे प्रष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद थापाले भनेका छन्- ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?