काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन सार्न लागेको प्रति असन्तुष्टि जनाएका छन् ।
उनले पार्टी विधानले चार वर्ष कार्यकाल तोकिएको भएपनि असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र देशको संविधानलाई समातेर छ महिना बढाइएको भन्दै अझैपनि महाधिवेशन नगरेर पार्टीलाई निर्वाचन आयोग सँग भिख माग्ने निरिह अवस्थामा पुर्याइएको बताएका छन् ।
महाधिवेशन हुन नसक्नु नेतृत्वको असफलता र लापरवाही भएको उनको तर्क छ ।
‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग सँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।’ उनले भने, ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’
असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्नु देशकै बिडम्वना भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया