५२ करदाताविरुद्ध महानगरको ताकेता, एक महिनाभित्र कर नबुझाए सम्पत्ति रोक्का गर्ने चेतावनी (सूचनासहित)

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर बुझाउन आनकानी गर्ने ५२ करदातामाथि ताकेता गरेको छ ।

महानगर क्षेत्रभित्रका ५२ कददाताहरुलाई पटक पटक कर बुझाउनका लागि आग्रह गरिए पनि आनाकानी गरेको भन्दै महानगरले ताकेता गरेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले एक महिनाभित्र कर बुझाउन आग्रह गरेको छ ।

यदि अझै कर बुझाउन आनाकानी गरेमा राजश्व ऐनको दफा १२ बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

‘महानगरपालिको राजश्व ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कार्य गरी कर तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरुमा जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?