खोप केन्द्रमा हुने भीड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुँदै आएको भीड कम गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।

उनका अनुसार हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?