काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले अदालतको फैसलाले सांसदलाई ह्विप लगाउन नरोकेको बताएका छन् ।
आज ललितपुरमा आयोजित ‘संसदीय व्यवस्था र अदालतको फैसला’ विषयक ज्ञान गोष्ठीमा बोल्दै अधिकारीले अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गर्दा ह्विप लगाउन नरोकेको बताए।
उनले भने, ‘संसदीय व्यवस्था भनेको ह्विपको व्यवस्था हो । राष्ट्रिय इस्यू वा अन्य अवस्थामा ह्विप लगाउने हो । ह्विप नलाएको अवस्थामा सांसद मन लागेको स्थानमा मत हाल्न पाउँछ ।’
उनले भारतको उदाहरण दिँदै ह्विप नलाग्ने कुरा कानुनमै उल्लेख हुनुपर्ने बताए । भारतमा राष्ट्रपतिको निर्वाचन गर्दा ह्विप लाग्दैन भनेर कानुनमै उल्लेख गरेको भन्दै उनले अहिले नेकपा (एमाले)मा विवाद भए पनि भोलि कांग्रेसमा पनि आउनसक्ने भएकाले यो व्याख्या कानुनविद्हरुले गलत गरेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया