काठमाडौं । तोकिएको मितिमा नेपाली कांग्रेसको महाधिवेशन नहुने देखिएको छ ।
क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अनिश्चित बनेको हो ।
यसैक्रममा महाधिवेशन सुनिश्चितताको लागि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले भेला बोलाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुले भेटघाट गरिरहे पनि आगामी साउन २५ गतेका लागि भेला बोलाइएको छ ।
महाधिवेशन सुनिश्चिताको लागि जिल्ला सभापतिहरुको भेला बोलाइएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले लोकपथलाई जानकारी दिए ।
‘काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठक बसिरहे पनि आगामी साउन २५ गते काठमाडौंमा बैठक बोलाइएको छ ।’
पार्टीको महाधिवेशन नभएमा वैधानिकता गुम्ने समेत डर भइरहेका बेला महाधिवेशन सुनिश्चिताका लागि नेतृत्वलाई दबाब दिन बैठक बोलाइएको नेता केसीले बताए ।
‘मुख्यतः महाधिवेशन केन्द्रित रहेर छलफल गरिनेछ । त्यसको साथै महाधिवेशन नभएमा पार्टीको वैधानिकतामा नै असर पर्ने देखिएकाले महाधिवेशन सुनिश्चितता गर्न नेतृत्वलाई दबाब दिनु आवश्वयक देखिन्छ ।’
क्रियाशील विवाद र अन्य आन्तरिक कारणले महाधिवेशन अनिश्चित बनेको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा बोलाइएको महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित देखिएको छ । यसैक्रममा आज कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिवेशन नहुने अनिश्चित देखिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया