एनआईसी एसिया बैंकको एटीएम तोडफोड, एक जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । एनआईसी एसिया बैंकको एटीएम तोडफोड गरेको अभियोगमा १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाई रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित उक्त बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

रातिको साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?