काठमाडौं । युवालाई डोरीले बाँधेर कुट्ने वडाअध्यक्ष रामबहादुर नेपाली पक्राउ परेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका(२ का वडा अध्यक्षलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनले गत साउन १५ गते सोही स्थानका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई घटनाका सन्दर्भमा सोधपुछका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया