काठमाडौं । जापान सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ ।
आज नेपालस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गर्दै जापानले अनुदानमा दिएको खोप शनिबार र आइतबार गरेर नेपाल आइपुग्ने जानकारी गराएको छ ।
जापानले नेपालाई अनुदानस्वरुप १६ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । जसमध्ये ८ लाख डोज शनिबार र बाँकी ८ लाख डोज आइतबार आउन लागेको हो ।
गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा प्रतिवद्धता व्यक्त गरेका थिए । सोही प्रतिवद्धा अनुसार खोप उपलब्ध गराउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया