प्रहरी जवानको परीक्षामा सहभागी ६ नक्कली परीक्षार्थी पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । नेपाल प्रहरी जवानको परीक्षामामा सहभागी भएका ६ जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन् ।

प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुरका सुर्य राई, सागर राई, संगम राई, धनकुटाका सरोज राई, खपाङ राई र राज कुमार राई रहेका छन् ।

सुर्य राईले जवान पदमा नयाँ भर्ना गराई दिने भनि विभिन्न व्यक्तिबाट आर्थिक लाभ समेत लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?