१ किलो ८ सय ६६ ग्राम सुन बरामद, तीन जना पक्राउ

लोकपथ
343
Shares

काठमाडौं । काठमाडौंमा १ किलो ८ सय ६६ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही स्थानका २८ वर्षीय अब्दुल सतार र सोही स्थानका २४ वर्षीय मोहम्मद उमेर रहेका छन् ।

महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?