घोराही । दाङमा अवैधरुपमा काटिएको ६ सय ६७ घनफिट बढी काठ डिभिजन वन कार्यालय घोराहीले एक वर्षको अवधिमा नियन्त्रणमा लिएको छ । कार्यालयले गत वर्षको साउन महिनादेखि असारसम्म जिल्लाका विभिन्न स्थानबाट ६ सय ६७.८८ घनफिट काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
कार्यालयले जिल्लाका १६ स्थानबाट उक्त अवैध रुपमा कटान गरिएको काठ नियन्त्रणमा लिएको हो । उक्त काठ चोरी तथा ओसार–पसारमा संलग्न रहेका ४१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय घोराहीका प्रशासन अधिकृत तुलसीराम सुवेदीले जानकारी दिएका छन् ।
वन क्षेत्रबाट काठ काट्नका लागि कार्यालयबाट स्वीकृत लिनुपर्ने भए पनि स्वीकृतबिनै काठ कटान गरेपछि कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
‘कार्यालयले एक वर्षको अवधिमा १६ स्थानबाट साढे ६ सय घनफिट बढी काठ नियन्त्रणमा लिएको छ’, प्रशासन अधिकृत सुवेदीले भने, ‘अहिले उक्त अवैध काठ चोरीमा संलग्नमाथि कारबाहीका लागि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका अभियुक्तहरुलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धानलाई अघि बढाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया