दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोटमा रहेको स्वास्थ्य चौकीमा तोडफोड भएको छ ।
स्वास्थ्यचौकीमा तोडफोड हुनुका साथै औषधि लगायतका स्वास्थ्य सामग्री समेत चोरी भएको छ । स्वास्थ्य चौकीबाट ल्यापटप पनि चोरी भएको स्वास्थ्य चौकीका इन्चार्ज जीवनकुमार बस्नेतले बताए ।
स्वास्थ्य चौकीमा रहेको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोला समेत चोरी भएको आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिए ।
स्वास्थ्य चौकीमा रहेको भौतिक सामग्री तोडफोड हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । दोषी हालसम्म पत्ता लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया