काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको कुल १६ हजार ७ सय १८ परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।
त्यससँगै हालसम्म ७ लाख २ हजार ९७ जना पीसीआर र ६३ हजार ७ सय १८ जनामा एन्टीजेन पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८४ जनाको पीसीआर र ९ सय ३५ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।
हालसम्म नेपालमा ६ लाख ६० हजार १ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका हुन् । पछिल्ला केहीदिन यता नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा ३२ हजार ५९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया