मोरङ । प्रहरीले उदयपुर बेलका नगरपालिका ८ कोठू स्थितबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका ८ का २६ वर्षीय नविन्द्र राई र २३ वर्षीय हेमराज राई रहेका छन् ।
आइतबार बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागुऔषध गाँजा फेला पारेको थियो ।
गाँजा फेला परेपश्चात सोधपुछ गर्दा उक्त गाँजा नविन्द्र र हेमराज राईको खुल्न आएसगै उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया