काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको कुल १२ हजार ६ सय ६३ परीक्षणमा सो परिणाममा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो घण्टामा कोरोना संक्रमणको कारण थप १८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ९४ दशमलव १ प्रतिशत अर्थात ६ लाख ५६ हजार १ सय ९७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार २ जना कोरोना मुक्त भएका हुन् ।
पछिल्ला केही दिन यता काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ५९५, भक्तपुरका ९१ र ललितपुरका १६६ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया