शुक्रराज र वीर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित

लोकपथ
924
Shares

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा सञ्चालन भइरहेको कोभिड – १९ विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ ।

लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरु खोप लगाउन पसेपछि कोभिड १९ विरुद्धको खोप लगाउन स्थगित गरिएको हो । त्यहाँ भेरोसेलको पहिला मात्रा खोप लगाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार लक्षित उमेर समूहका मानिसहरु खोप लगाउन प्रवेश गर्ने गरेको तथा तिनलाई नियन्त्रण गर्न नसकेका कारण खोप कार्यक्रम स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?