काठमाडौं उपत्यकामा मात्रै थपिए ७ सय ७५ जना संक्रमित

लोकपथ
280
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ७ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय १७, भक्तपुरमा ९४ र ललितपुरमा १ सय ६४ जना गरि काठमाडौं उपत्यकामा थप ७ सय ७५ जना संक्रमित थपिएका हुन् ।

देशभरि पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ कोरोना संक्रमित थपिएका छन् । ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ।

त्यस्तै उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।

त्यसैगरी गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?