हेल्मेट नलगाई हिडेका पारसले गरे प्रहरीसँग लफडा

लोकपथ
399
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह फेरी विवादमा तानिएका छन् ।

शुक्रवार पूर्वयुवराज शाह हेल्मेट नलगाईकन मोटरसाइकल चलाइरहेको अवस्थामा चक्रपथमा प्रहरीले रोकेर सोधपुछ गर्न लाग्दा उनी प्रहरीमाथि खनिएको भिडियो बाहिर आएको छ ।

प्रहरी अधिकारीले शाहले बबाल गरेको भन्दै सञ्चार सेटमार्फत् गाडी पठाईदिन आग्रह गरेको सुन्न सकिन्छ । तर शाहका समर्थकले हो-हल्ला गर्दै उनलाई प्रहरीबाट छुटाएका छन् । उनले प्रहरीलाई आफु गाडीमा नजाने बताएको भिडियोमा देख्न सकिन्छ । अन्तत्ः उनलाई प्रहरीले छोडेका देख्न सकिन्छ ।

पारस बेला बेलामा प्रहरीसँग झगडा गर्दै विवादमा आईरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?