अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ

काठमाडौं, २० चैत – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनवर्षे बिएन विषयको पठनपाठन गर्दै आएको छ।नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?