३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ

लोकपथ
539
Shares

काठमाडौं । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रवार साँझ गौशालाबाट ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले लोकपथलाई बताए ।

२०७४ फागुन ९ गते दुबई बाट नेपाल तस्करी भएको साढे ३३ किलो सुन तस्करीकै क्रममा हराएको थियो ।

यस घटनासँग सम्बन्धित अन्य केही आरोपितहरु यसअघि नै पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?