काठमाडौं । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले विभिन्न माग राख्दै शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा रिले अनशन गरेका छन्।
सबै माग पूरा गर भन्ने ब्यानर टाँगेर उनीहरुले मन्त्रालयमा तीन घण्टा रिले अनशन गरेका हुन्।
आफ्ना विभिन्न ३४ बुँदे मागलाई अघि सार्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्। विगतमा शिक्षकहरुका ३० बुँदे माग सम्बोधन गर्नेगरी सम्झौता भए पनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनुपरेको आन्दोलन परिचालन समितिका संयोजक केशवराज भट्टले बताए ।
विद्यालय कर्मचारीको तलब सुविधा, बालविकास शिक्षको तलब सुविधा, शिक्षक बढुवामा देखिएको समस्या समाधान, राहत शिक्षकहरुलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनुपर्ने माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया