काठमाडौं । एघार जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की, रुपन्देही गरी ११ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ ।
त्यस्तै सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होमआइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया