मोरङ । जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतिय नोट सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० वर्षीय मो. ईमरान र सोही स्थानका २० वर्षीय मो. कुबेर रहेका छन् ।
बिहीवार (आज) दिउसो पौने १२ बजे भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई साथबाट भारतीय नोट २००० को ७ थान, ५०० को १९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी जम्मा भारतिय रुपैया १ लाख २४ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया