काठमाडौं । हंगेरी सरकारले नेपाललाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बुधवार एक कार्यक्रमकाबीच हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
त्यस्तै हंगेरी सरकारले उपलब्ध गराएको उक्त सामग्रीले नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुग्ने विश्वासको लिएको जनाइएको छ ।
“हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौं ।” नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया