बालाजुको सोफा फ्याक्ट्रीमा आगलागी

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौंको बालाजमा रहेको एक सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।

बुधवार (आज) दिउँसो थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो ठूलो भएको र नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको समेत पहलमा आगो निभाउने काम भइरहेको छ ।

क्षतिबारे यकिन जानकारी नआइसकेको प्रहरीको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?