काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कारागार व्यवस्थापन विभागलाई कारागारभित्रका विकृति र विसंगति हटाउन निर्देशन दिएका छन् ।गृहमन्त्री थापाले कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘ कारागार सुधारमा उपलब्धि र परिणाम निष्कर्ष निस्कने गरी काम गर्न निर्देशन दिए ।’उनले भने ‘कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लैजाने गरेको रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउनुहोस् ।’उनले जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाइ नाइकेहरुले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो पनि सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पनि तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन समेत निर्देशन दिएका छन् ।कारागारलाई यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘अपराधी कारागारमा आएपछि असल नागरिकको रुपमा रुपान्तरण भएर जाउन् भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया