धनकुटा बस दुर्घटना, ९ जनाको अवस्था गम्भीर

लोकपथ
70
Shares

धनकुटा । धनकुटा पाख्रिबासको पञ्चेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकाम हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी १४ जनाको अवस्था सामान्य छ ।

दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?