गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव समूहलाई माफी दिएको बताएका छन्।
प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले एमालेलाई एक ढिक्का बनाएर लैजानका लागि माधव समूहले गरेका हालसम्म गल्तीहरुलाई माफ दिएको बताए।
एमाले नेतृत्वको सरकारलाई ढालेर नेपाली कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु विडम्बना भएको उनले टिप्पणी गरे। केही समूह र व्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अवस्था आएको ज्ञवालीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया