जनताले नरुचाउने काम नगर्न युथ फोर्सलाई पोखरेलको सुझाव

लोकपथ
63
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले जनताले नरुचाउने कुनै पनि काम नगर्न सुझाव दिएका छन्।

एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई लत्याउन खोजियो भने त्यसको प्रतिवाद युवाहरूले गर्नुपर्ने बताए ।

सभामा पोखरेलले भने, ‘हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानूनी शासनलाई मान्छौं । कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ ।’

युवा संघले बबरमहलको कार्की ब्याङ्क्वेटमा भ्याली कमाण्ड घोषणा कार्यक्रम आयोजना गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त कमाण्ड घोषणा गर्ने प्रचार गरिएको भए पनि अन्तिम समयमा ओली कार्यक्रममा सहभागी नभई पार्टीका महासचिव ईश्वर पोखरेललाई पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?