काठमाडौँ, १८ चैत । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिक शरीरलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।उनले आइतबार बिहान सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिक शरीरमाथि फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गरे ।श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको जनाए । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी भएको बताए ।त्यस्तै खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारी पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया