काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज (सोमवार) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान १० बजे स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । अमेरिकाले नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजबाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंदैछ ।
कोभ्याक्स मार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ । ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड बेरी पनि सहभागी रहेका थिए ।
यसैगरी आज नै प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुको समेत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका छन् ।
साथै खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया