कांग्रेसको निर्देशन : घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्नू

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको छ ।

एक नेताका अनुसार कांग्रेसले छानबिन गरेर दोषीमाथि कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिइएको जानकारी दिए।

केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?