महामन्त्री कोइराला निवासमा तीन नेताकाे भेटवार्ता

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापक कोइराला परिवारका नेता बीच भेटवार्ता भएको छ ।

शनिवार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा शशांक, शेखर र सुजाता कोइराला बीच भेटवार्ता भएको हो । शेखर कोइरालाको आग्रहमा भेटवार्ताको आयोजना गरिएको जनाइएको छ।

पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे छलफल गरिएको छ । कोइराला परिवार बीच एकता रहेको सन्देश दिन आजको बैठक राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?