एमाले विवाद : एकता बचाउन दोस्रो तहका नेताहरु सक्रिय

लोकपथ
511
Shares

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन फेरि सक्रियता बढाएका छन् ।

पछिल्लो समय पार्टीमा अन्तरविरोध बढेको भन्दै दोस्रो तहका नेताहरु सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धतासहित सक्रियता बढाएका हुन् ।

शनिवार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमालेका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?