काठमाडौँ । एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाविरुद्ध जनतामा जाने निर्णय गरेको छ।
सर्वोच्चले गरेको निर्णयविरुद्ध अभियानका साथ जनतामा जाने निर्णय गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको छ ।
त्यस्तै उनले खोपको प्रवन्ध भइसकेको अवस्थामा सवै नागरिकमा खोपको पहुँच पुर्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएकोसमेत बताए ।
त्यसैगरी बाढी र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया