काठमाडौँ, १५ चैत- जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रसमा अनिमियतता भएको पत्र पठाई नयाँ पदपुर्ति रोक्न निर्देशन दिएको छ ।चैत ६ मा प्रशासनले नेपाल रेडक्रसलाई पत्र लेखि अनिमियतता भइरहेको उजुरी गृह मन्त्रलाय ( नीति तथा अनुगमन शाखा) को पत्र साथ प्राप्त भएको जनाएको छ । जिल्ला प्रशासनले अर्को आदेश नभएसम्म पदपुर्ति प्रक्रिया तुरुन्त रोक्न आदेश दिएको थियो ।नेपाल रेडक्रसमा ३१ कर्मचारीका लागि दरखास्त आव्हान गरिएको थियो । नयाँ संरचना अनुसार जानुपर्ने नेपाल रेडक्रसमा आर्थिक अनियमितताको शंका रहेको भन्दै गृह मन्त्रलायमा उजुरी परेको थियो । गृह मन्त्रलायमा परेको उजुरीको आधारमा जिल्ला प्रशासनले पदपुर्ति रोक्न निर्देशन दिए पश्चात खुला गरिएका नयाँ पदको दरखास्तलाई अघि नवढाइएको वताइएको छ ।समाज कल्याण परिषदमा दर्ता भएको नेपाल रेडक्रस सोसाइटी सरकारको पछिल्लो निर्णयले प्रधानमन्त्री कार्यालय मातहत आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया