सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटन बदर

लोकपथ
672
Shares

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ ।

गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको विघटनलाई सर्वोच्चले आज बदर गरिदिएको हो ।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनको तर्फका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दामा गत असार २१ गतेबाट बहस सकिएको थियो । आज प्रधानन्यायाधीशसहित ४ न्यायाधीशहरु छलफलमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?