नेपाली बजार : सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
28
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बिहीवार नेपाली बजारमा छापावाला सुनको मूल्य ९३ हजार ९ सय रहेको थियो । आज छापावाला सुनको ६ सयले मूल्य वृद्धि भइ प्रतितोला ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदी १३ सय ५५ रहेको थियो । आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?