पूर्वराजा ज्ञानेन्द्रको सन्देश : सुभेच्छा राख्नेलाई धन्यवाददेखि सबैलाई सुरक्षित रहन आग्रहसम्म (भिडियोसहित)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण भएका बेला आफूहरुलाई सुभेच्छा र स्वास्थ्यप्रति चासो चिन्ता व्यक्त गर्ने देशबासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको स्वास्थप्रति चासो र चिन्ता जारी व्यक्त गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा काम गर्नेहरुप्रति समेत धन्यवाद व्यक्त गरेका हुन्।

‘हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देश भित्र र बाहिर रहनुभएका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौँ ।’ पूर्वराजा शाहले भने ।

त्यस्तै आफूहरु पूर्ण स्वास्थ्य लाभको कामना गर्दै गरेको बताएका छन् ।

भिडियो सार्वजनिक गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्- ‘नमस्ते । हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देश भित्र र बाहिर रहनुभएका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौँ । अहिले हामी दुवै पूर्ण स्वास्थ्यलाभको क्रममा छौँ । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता रहेको छ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहान्छु । म तपाइहरु सबैसँग सुरक्षित, सावधान तथा स्वस्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुमा शीघ्र स्वास्थ्य लाभसँगै यो महामारीमा जीवन गुमाउनेहरुका आत्माप्रति चिर शान्तिको कामना गर्दछु । श्री पशुपतीनाथले ती सबै परिवारलाई धैर्य धारणाका लागि शक्ति प्रदान गरुन । जय नेपाल ।’

https://www.facebook.com/prearana/videos/10159102070977559

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?