काठमाडौं – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुबीचको भेटघाटले तीव्रता पाएको छ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
यसअघि आजै (बिहिवार) जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर कांग्रेस सभापति देउवालाई भेटेर फर्किएका थिए।
अहिले जसपा नेताहरु आन्तरिक छलफलका लागि भन्दै ठाकुरले भक्तपुरस्थित एक रिसोर्टमा लगेको बुझिएको छ। उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर—घरमा गएर दबाब दिएको भन्दै ठाकुरले सांसदहरुलाई रिसोर्टमा राखेको स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया