माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ : गोकुल बास्कोटा

लोकपथ
462
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बास्कोटाले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई गल्ती सुधार्ने एक अन्तिम मौका भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बास्कोटाले बरिष्ठ नेता नेपाललाई गल्ती सुधार्ने एक अन्तिम मौका भएकोले कारबाहीको हतारो गर्नु नहुने धारणा राखेका हुन् । उनले सबैकुरा आफै स्पष्ट हुँदै जाने आसय पनि व्यक्त गरेका छन् ।

‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाएझैँ जस्तो गर्छन त कोही कोही त । के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ ।’ उनले लेखेका छन्, ‘माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ । कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?