काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आफुहरु वैकल्पिक सरकार गठनमा संलग्न नहुने बताएका छन् ।
सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले जसपा सत्ता प्राप्ति भन्दापनि एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको भन्दै मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनैपनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित भएकाले यसमा संलग्न नहुने बताएका हुन् ।
जसपा वैकल्पिक सरकार निर्माण्मा लाग्नु मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल रहेको र त्यस्तो कार्यबाट झन अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने पार्टीको ठहर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ सरकारमा जाने कि नजाने भन्नेमा जसपा नेपाल भित्र विभाजित मत छ । बाबुराम भट्टराई र उपेन्द्र यादव समुह वैकल्पिक सरकार बनाउनुपर्नेमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो समुह वैकल्पिक सरकार बनाउनुहुन्न भन्ने पक्षमा रहेका छन् । ठाकुर समुह प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिदाँ समेत तठस्थ बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया