विश्वासको मत नदिने हाम्रो निर्णय पार्टीप्रति निष्ठाको द्योतक हो : नेपाल

लोकपथ
133
Shares

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने आफुहरुको निर्णय देश, जनता र पार्टी प्रति निष्ठाको द्योतक रहेको बताएका छन् ।

सोमबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको हरेक काम कारबाहीका कारण राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको पनि बताएका छन् । उनले गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य भएकाले आफुहरुले संसदमा अनुपस्थित हुने र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको पनि बताए ।

नेता नेपालले प्रधानमन्त्री ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न, देशको संविधान र पार्टी विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकताका लागि आफुहरुले अगाडी सारेका कुराहरुको सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

हेर्नुहोस् वक्तव्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?