‘एमाले फुटाएर नयाँ पार्टी बनाए म त्यसमै लाग्छु- वामदेव गौतम

लोकपथ
63
Shares

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएमा आफू त्यसमै सहभागी हुने बताएका छन्।

सोमवार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले  माधवसहितले एमाले फुटाएर नयाँ पार्टी बनाएका आफू त्यसमै लाग्ने पनि उल्लेख गरेका हुन्।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन’, उनले भनेका छन्, ‘तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यसमा सामेल हुनेछु।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली फागुन २८ को निर्णय सच्याएर २०७५ जेठ २ मा फर्किन नमानेका उनीसँगको सहयात्रा अब असम्भव रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?