काठमाडौं- संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान प्रक्रिया शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको लिने प्रयोजनको लागि प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो ।
प्रधानमन्त्रीसहित प्रतिपक्षी दलको सम्बोधनपछि सभामुख अग्नी सापकोटाले मतदान प्रक्रिया शुरु भएको बताएका थिए ।
त्यस्तै आज कोरोना संक्रमण पुष्टि भएका सांसदहरुलाई समेत व्यवस्था गरिरहेको छ । सभामुख सापकोटाले कोरोना पोजेटिभ सांसदहरुलाई प्रतिनिधि सभाको लोत्सेभवनमा व्यवस्था मिलाइएको हो ।
त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।
संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ।प्रधानमन्त्री ओलीको दल नेकपा एमालेसँग १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत आवश्यक पर्छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन अरू दलको मत पनि आवश्यक छ।
६१ सांसद भएको नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरिसकेको छ । ४९ सदस्य भएको नेकपा(माओवादी केन्द्र)ले पनि विपक्षमै मत दिने छ। ३२ सांसद भएको जसपाले पक्ष वा विपक्षमा मत दिने निर्णय गर्ने अधिकार सांसदहरुलाई नै दिएको अवस्था छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया