भोलि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने, सम्भावित कार्यसूची सार्वजनिक

लोकपथ
350
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

सोमबार बस्ने प्रतिनिधि सभाको बैठकको लागि सम्भावित कार्यसूची समेत सार्वजनिक भईसकेको छ ।

प्रतिनिधि सभाको सम्भावित कार्यसूची अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

भोली प्रतिनिधि सभाको अर्को बैठक पनि बसेर अविश्वासको प्रस्तावको छिनोफानो हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?