क्लोथ बैंकले थाल्यो घरमै बिरामीको परीक्षण

लोकपथ
119
Shares

काठमाडौं । जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैंक जनकपुरधामले घर-घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैंकद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ ।

बैंकका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल, ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् ।

सो बैंकद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैंकको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५० पुगेको छ भने बैंकले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?