देउवा र प्रचण्डबीच भेटवार्ता, समसामयिक राजनीति बारे छलफल

लोकपथ
51.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

देउवा र प्रचण्डबीच शुक्रबार साँझ देउवा निवास बुढानिलकण्ठमा करिब आधा घण्टा समसामयिक राजनीतिको सम्बन्धमा कुराकानी भएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि शिर्ष नेताहरुबीच भेटघाट, छलफल तथा सक्रियता बढेको छ । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ भने माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको अवस्था छ । यस सन्दर्भमा देउवा र प्रचण्डबीच आगामी बैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मतबाट कसरी असफल पार्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको एक नेताले बताए ।

यतिखेर कांग्रेस सभापति देउवा राजनीतिको केन्द्रमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा निवास पुगेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेसँगै नेकपा(एमाले)का नेता माधव कुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर भेटिसकेका छन् । शुक्रबार नै नेकपा(एमाले)का नेता भिम रावलले पनि देउवालाई भेट गरेका थिए ।

शिर्ष नेताहरुको सक्रियता र भेटघाटलाई निकै चासो साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?